१८ बैशाख २०८३, शुक्रबार
दुर्गेशको डान्स रहेको तिज गीत ठोक मादल सार्वजनिक (भिडियो सहित)
बिहीबार, श्रावण १५ १९:३९

दुर्गेशको डान्स रहेको तिज गीत ठोक मादल सार्वजनिक (भिडियो सहित)

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका भाकाहरु पनि बजारमा दिनानुदिन आइरहेका छन् ।

कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन व्यस्त छन । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आफ्नै आफ्नै शैलीमा तिज गितहरु बजारमा पस्कि रहेका छन ।

यसै बिच धनगढीमा सुटिङ गरिएको तिज गीत ठोक मादल सार्वजनिक  भएको छ । धिताल फिल्मस्को व्यानरमा निर्माण भएको गीतको म्युजिक सार्वजनिक भएको हो । दुर्गेस सुनार, चम्पा वडु, स्टार कठायत, उषा किरण ज्योतीको अभिनय रहेको तिज गीतलाई राज पाठकले निर्देशन गरेका छन् । धनगढीमा गीतको म्युजिक भिडियो सुटिङ गरिएको हो ।

वुद्धवीर गोर्खालीको शब्द रहेको ठोक मादल गीतमा प्रकाश परियार र अनुषा राम्जालीको स्वर रहेको छ । प्रकाश नागरीले छायाँकन गरेको गीतको म्युजिक भिडियो सागर रोकायाको युट्युबबाट सार्वजनिक गरिएको छ ।

(भिडियो सहित) 

Sharing is caring!

Latest News

बडीमालिका मन्दिरमा दर्शन गर्न जानेलाई अब सहज हुने (भिडियो सहित)
बिहीबार, श्रावण १५ १९:३९
निर्मला पन्त हत्या प्रकरणः एसपी बिष्ट सहित आठै जनाले पाए सफाइ
बिहीबार, श्रावण १५ १९:३९