६ बैशाख २०८१, बिहीबार
कैलालीको घोडाघोडिनगरपालिका वडा नम्बर ९ बर्षौ पछि टेलिफोन सेवा
मंगलवार, आश्विन २० १०:०६

कैलालीको घोडाघोडिनगरपालिका वडा नम्बर ९ बर्षौ पछि टेलिफोन सेवा

बिष्णु जोशी, कैलालीको घोडाघोडिनगरपालिका वडा नम्बर ९अन्तर्गत फारम(क) गाउमा बर्षौ पछि टेलिफोन सेवा पुगेको छ।नेपालटेलिकम को नमस्ते को टावर संचालन मा आए पछि यो ठाउका स्थानीय हरु मा खुसियाली छाएको छ।

पुर्ब पश्चिम राजमार्ग बाट करिब६किलोमिटर उत्तर मा रहेको यो गाउँ बर्षौ देखि सञ्चार सेवाबाट बन्चित रहेको थियो। २०२२साल देखि बस्ती बसेको यो ठाउमा टेलिफोन गर्न रुख चड्नु पर्ने कित उचो ठाउको प्रयोग गर्नु पर्ने बाध्यता भए पनि सरकारि सरोकार वाला निकाय ले चासो नदेखाउदा स्थानीय हरु ले निकै सास्ती खेप्नु परेको स्थानिय वीर बहादुर धामी ले बताउनु भयो। वडा नम्बर ९अन्तर्गत कै रत्तिपुरमा एन सेल को टावर भए पनि फारम( क) मा भने भौगोलिक समस्या र टावर को क्षमता कम भएका कारण स्थानीयहरुले सेवा लिन सकेका थिएनन।

यो ठाउमा यतिका बर्ष सम्म टेलिफोन सेवा किन नपुगेको होला भन्ने प्रश्न को उत्तर दिदै धामिले भन्नू भयो यो ठाउमा राज्यलाइ जनता छ्न भन्ने थाहा नभएको कम्जोर सरकारि निकाय र नेता हरु ले भोट माग्ने बेला मा मात्र यी बिषय मा चर्चा गर्ने र चुनाब पछि फर्की नहेर्ने प्रबृत्ति सरोकार वाला हरु मा रहेका कारण बिकासका पुर्बाधार निर्माण मा ढिलाइ भएको उहाले बताउनु भयो। बिकास का पुर्बाधार बाट पिछडिएको सुगम जिल्ला कैलालिको दुर्गम क्षेत्र मा परिणत भएको यो गाउँ मा यो स्थानीय निर्वाचन पछि भने ,बिजुली र, टेलीफोन सेवा ,बाटोघाटो झोलुङ्गे पुल ,कलमोट ,लगायतका सुबिधा ले बिगत का बर्ष भन्दा यो बर्ष केही सहज भएको भएपनी गुणस्तरीय सेवा भने अझै पुग्न नसकेको स्थानीय रमेश जोशी ले बताउनु भयो।

यो ठाउँमा अझै पनि गुणस्तरीय टेलीफोन ,मोटर बाटो ,नदिकटान,खानेपानी लगायत का विविध समस्या हरु यथावत नै छ्न ,यी समस्या समाधान को लागि प्रदेश सरकार संघीय सरकार र स्थानीय जनप्रतिनिधि ले चासो देखाए मात्रै बिकास निर्माणका कार्य हरु ले गति लिने स्थानीय जनता हरु ले आशा राखेका छ्न।

Sharing is caring!

काठमाडौँ पुगेर पत्रकारको आन्दोलनमा प्रेस युनियन कैलालीको ऐक्यवद्धता
मंगलवार, आश्विन २० १०:०६
टीकापुर नगरपालिका सिल गर्ने तयारी कर्मचारीमा कोरोना देखियो
मंगलवार, आश्विन २० १०:०६
shares