१९ मंसिर २०७७, शुक्रबार
धनगढीमा कोरोना संक्रमितको संख्या साढे ८ सय नाघे
बिहीबार, आश्विन २२ २२:०२

धनगढीमा कोरोना संक्रमितको संख्या साढे ८ सय नाघे

धनगढीमा कोरोना संक्रमितको संख्या साढे ८ सय नाघेको छ। बुधवार थप ४० जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८ सय ५२ पुगेको छ।
हालसम्म दुई सय ५९ महिला र ५ सय ९३ पुरुषमा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जनस्वास्थ्य निरिक्षक लक्ष्मी उपाध्यायका अनुसार दुई सय १२ महिला र चार सय ३७ पुरुष गरी ६ सय ४९ जना कोरोना मुक्त भएका छन्।

४४ महिला र एक सय ५६ पुरुष गरी दुई सय जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये ३२ महिला र एक सय ३३ पुरुष गरी एक सय ६५ जना होम आईसोलेसनमा छन् भने १२ महिला र २३ पुरुष गरी ३५ जना मात्रै अस्पताल र आईसोलेसन सेन्टरमा छन्।

धनगढी उप–महानगरपालिकाका तीन जना संक्रमितको मृत्यु भएको छ भने थप एक जना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।












Sharing is caring!

संघीयता सहयोग कार्यक्रम अन्तरगत सामाग्री हस्तान्तरण
बिहीबार, आश्विन २२ २२:०२
‘काले केटा २’ म्यूजिक भिडियोमा पूजा, पल र आकाश
बिहीबार, आश्विन २२ २२:०२
shares