१३ बैशाख २०८१, बिहीबार
तीन दिनदेखि बेपत्ता  प्रहरी जवान साउदको शव फेला
मंगलवार, कार्तिक ४ १३:२१

तीन दिनदेखि बेपत्ता प्रहरी जवान साउदको शव फेला

कैलाली। तीन दिनदेखि बेपत्ता अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ। 

साउदको शव नेपाल-भारत सीमास्थित मोहना नदीमा फेला परेको हो। 

शनिबार राति नियमित गस्तीमा खटिएका असई गोविन्द विकको विभत्स हत्या गरेको अवस्थामा सोही नदीमा शव फेला परेको थियो। उनीसँगै ड्युटीमा खटिएका जवान साउद बेपत्ता थिए। 
साउदको केही बेरअघि शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले देखापढीलाई बताए। 

असई विकको शव भेटिएको स्थानभन्दा नेपाल तिरै करिब ३०० मिटर वर साउदको शव फेला परेको सुवेदीले बताए। अहिले प्रहरीले नदीबाट शव निकाल्ने तयारी गरिरहेको छ। 

प्रहरीले हत्यामा संलग्‍न आशंकामा अहिलेसम्म १६ जनालाई पक्राउ गरिसकेको छ। तस्कर समूहले उनीहरूमाथि आक्रमण गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये ६ जनाले फरुवाले हानेर हत्या गरेको स्वीकारेका छन्। 

Sharing is caring!

धनगढीमा घाँटी रेटी हत्या भएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको अन्त्येष्टि
मंगलवार, कार्तिक ४ १३:२१
प्रहरी हत्या संलग्नमा पक्राउ परेका ७ जना सार्वजनिक
मंगलवार, कार्तिक ४ १३:२१
shares