१९ मंसिर २०७७, शुक्रबार
सुदुरपश्चिम् प्रदेश सरकारकाे मन्त्रीपरिषद् बैठकले यस्ताे निर्णय गर्यो
बिहीबार, कार्तिक ६ १६:४५

सुदुरपश्चिम् प्रदेश सरकारकाे मन्त्रीपरिषद् बैठकले यस्ताे निर्णय गर्यो

कैलाली ,सुदूरपश्चिम प्रदेश सरकारले धनगढीकाे जुगेडामा हत्या गरिएका प्रहरीका परिवारलाई २ लाख रहात दिने भएकाे छ । मुख्यामन्त्री तथा मन्त्रीपरिषादकाे कार्यालयमा आज बसेकाे प्रदेश सरकारकाे मन्त्रीपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

सरकारका प्रबक्ता एवं आन्तरिक मामिला मन्त्री प्रकाश शाहले जानकारी दिएकाे उद्दित गर्दै मुख्यमन्त्री त्रिलाेचन भट्टका स्वकीय सचिव शिव सिं ओलीले आजकाे बैठकमा अन्य संस्थागत तथा प्रशासनिक निर्णय भएकाे जानकारी दिए । उनका अनुसार मृतक प्रहरीकाे किरिया खर्च एक लाख र बालबच्चाकाे पढाई तथा भरणपाेषणका लागि एक लाख गरी प्रति परिवार २ लाखका दरले रहात दिने निर्णय भएकाे हाे ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला धनगढीकाे जुगेडा अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै प्रहरी जवान रामवहादुर साउदको तस्करहरुले हत्या गरेकाे कैलाली प्रहरीकाे दावी छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव ओलीले काेराेनाका बिरामीकाे उपचार तथा परिक्षण पुर्ववत अनुसार निशुल्क गर्न सरकारले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा परिपत्र गरिसकेकाे समेत जानकारी दिए । उनले भने- ‘स्वञ्छिक परिक्षण गर्न खाेज्नेकाे यसअघि पनि दुई हजार ताेकेकाे थियाे, त्यसैलाई सरकारले निशुल्क भन्ने अस्पतालले शुल्क लिने भनेर मिडियामा उचाल्ने काम गलत हाे ।’ प्रदेश सरकारले परिपत्र गरिसकेपछि अस्पतालहरुले निशुल्क नै गरेकाे उनकाे दावी छ ।

Sharing is caring!

कैलालीको चिसापानी मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यानगयो।
बिहीबार, कार्तिक ६ १६:४५
पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा सुचारु
बिहीबार, कार्तिक ६ १६:४५
shares