शुक्रबार, कार्तिक ७ ०७:२८
भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ६० हजार नजिक

ब्युरो न्युज नयादिल्ली
भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ६० हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले ज्यान जानेको संख्या १ लाख १६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ७०३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ ।
