३० असार २०८३, मंगलवार
सोमबार, कार्तिक १७ १९:२०

कैलालीको घोडाघोडी का नगरप्रमुख कोरोना सङ्क्रमित

खबरचित्र सम्बादाता ।

कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी सहित चार जनामा कोरोना पुष्टि भएको छ । सोमबार सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा २७, ३४, ४० र ५१ वर्षका चार पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिएका छन् ।  उनी मध्ये दुई जना नगरपालिकाका कर्मचारी हुन भने एक जना वडा नम्बर एकका स्थानीय हुन । यस्तै आइतबार पनि २८ वर्षीया महिला र ४० वर्षीय पुरुष कर्मचारीमा कोरोना देखिएको थियो । कोरोना सङ्क्रमित सबै होम आइसोलेसनमा रहेको बताइएको छ । यो सँगै घोडाघोडीमा कोरोना सङ्क्रमितको  सङ्ख्या एक सय ३७ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या ६ रहेको छ । साभार कैलाली खबर 

Sharing is caring!

डडेल्धुरामा नेपाली सेनाले कोतघर निर्माण गर्यो
सोमबार, कार्तिक १७ १९:२०
कोरोना महामारी का कारण भारत जानु भन्दाआफ्नै पेसा मा महनत गर्दैछ्न कैलाली का युवा
सोमबार, कार्तिक १७ १९:२०