३१ असार २०८३, बुधबार
बुधबार, कार्तिक १९ ०६:३३

प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित तीन जना पक्राउ

खबरचित्र कार्तिक १९

नेपाल प्रह,रीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार बेलुका पक्राउ गरेको हो ।

मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । पौडेलचाहिँ मित्तलका सहयोगी हुन् ।

ब्युरोका डिआइजी शहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ आठ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिनुुभयो । बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सिआइबीले आशंका गरेको छ ।

१० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ । डिआइजी थापाका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

Sharing is caring!

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा न. १ सोनवर्षा गाउँमा आज निशुल्क आँखा शिविर सम्पन्न
बुधबार, कार्तिक १९ ०६:३३
आज मिति२०७७-कार्तिक १९गते बुधबार को राशिफल।
बुधबार, कार्तिक १९ ०६:३३