३२ असार २०८३, बिहीबार
बिहीबार, कार्तिक २० २१:४७

धनगढीको एक होटलबाट १९ बर्ष मुनीका ३ युवती सहित ७ जनालाई पक्राउ

खबरचित्र सम्बादाता धनगढी कार्तिक २०/जिल्ला प्रहरी कार्यालय कैलालीले गतराती धनगढीको एक होटलबाट १९ बर्ष मुनीका ३ युवती सहित ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गएराती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैला सहितका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा हान्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैला सहितका ४ जना पुरुषलाई पक्राउ गरिएको हो ।  उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing is caring!

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
बिहीबार, कार्तिक २० २१:४७
आज मिति २०७७कार्तिक २१गतेको रशिफल।
बिहीबार, कार्तिक २० २१:४७