शुक्रबार, कार्तिक २१ १९:१७
कैलालीको अत्तरियामा रोकिएको कारमा अटो ठोकिदा ३ जना घाइते
खबरचित्र सम्बादाता कार्तिक २१/कैलाली को गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया ६ लेन सडकमा रोकिराखेको बा १९ च ८९४८ नम्बरको कारमा म १ ह ८२३ नम्बरको अटो अनियन्त्रित भएर ठोकिदा ३ जना घाइते भएका छ्न ।

दुर्घटनामा अटो चालक गोदावरी नगरपालिका ५ गेटाका राज बहादुर विक र सोही ठाउँका अटोमा सवार तुलसी भुल र लालबहादुर भुल घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइतेहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेका छ ।
