आईतवार, कार्तिक २३ २०:१४
कैलालीमा भारतर्फ तस्करी भइरहेको १५ क्वीन्टल अवैध केराउ बरामद
खबरचित्र सम्बादाता ।कैलालीमा भारतर्फ तस्करी भइरहेको १५ क्वीन्टल अवैध केराउ बरामद गरिएको छ ।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला पुरानो भन्सार नजिक भारततर्फ तस्करी गर्न भनी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा १५ क्वीन्टल केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले १ लाख १२ हजार ५ सय बराबरको अवैध केराउ बरामद गरिएको बताए ।

