आईतवार, कार्तिक २३ २०:२२
विद्युत प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यलाई दिने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यलाई दिने तयारी अघि बढाएका छन्। प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्य अहिले प्राधिकरणकै सहायक कम्पनी ‘एनइए इन्जिनियरिङ कम्पनी’को प्रबन्ध निर्देशक छन्।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई शाक्यको काज फिर्ता गराउन निर्देशन दिएका हुन्। प्राधिकरण सञ्चालक समितिका एक सदस्यले दिएको जानकारीअनुसार शुक्रबार मन्त्री पुनले कोइरालाई शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाउन भनेका हुन्।
