१९ मंसिर २०७७, शुक्रबार
कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, मंसिर ५ १६:१५

कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

खबरचित्र सम्बादाता धनगढी ।कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर २ र ४ का ३/३ जना, त्यस्तै वडा नम्बर १ का २ जनामा संक्रमण देखिएको जानकारी दिए ।

कैलालीकै भजनी नगरपालिकाका ८ जना, लम्किचुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना, यस्तै गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको  छ । कैलालीकै ठेगाना नखुलेका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
 

Sharing is caring!

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.५ का वडाध्यक्षको सब झुण्डिएको अवस्थामा फेला।
शुक्रबार, मंसिर ५ १६:१५
पाटन नगरपालिका बैतडी ले छाडा चौपाया व्यवथापन गर्ने भन्दै ३४ ओटा गाई गोरु भिरबाट खसाल्यो ३४गाई गोरु।
शुक्रबार, मंसिर ५ १६:१५
shares