पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्षले नियमविपरीत मल बिक्रेता नियुक्ति गरेकोले उपाध्यक्ष द्वारा जिल्ला प्रशासनमा उजुरी
मेघराज राय जीराभवानी /मङ्सिर १०
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७को दफा १५अनुसार गाउँपालिकाको उपाध्यक्ष संयोजक ,प्रमुख प्रशासाकिय अधिकृत सदस्य र कृषि प्राविधिक सदस्य सचिव रहेकोले सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष प्रदीप कुमार जयसवालले मन्त्रीपरिषदको निर्देशिका विपरीत स्थानीय मल आपूर्ति व्यवस्थापन समितिको बैठक बस्न नदिई आफ्नो मनोमानी ढंगले बोर्ड निर्णयबाट०७७/८/९गतेका दिन मल विक्रेता डिलर नियमविपरीत संचालनमा रहेको सहकारीहरूलाई बोर्डको निर्णयबाट छनौट गरेकोले सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरीले जिल्ला प्रशासन कार्यलय बिरगंजमा उजुरी दिएको छ साथै बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,सिंहदरबार काठमाडौ ,भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश२ जनकपुर,कृषि सामग्री कम्पनी लि.बिरगंज र साल्ट ट्रेडिङ कम्पनी लि.बिरगंजमा बोधार्थ पठाएको छ।यश बिषयमा गाउँपालीका प्रमुख प्रदीप कुमार जैसवाल सङ्ग बुझ्दा हामिले अनुगमन गरेर बोर्ड मिटिङ्ग बसि निर्दिसिका अनुसार बोर्ड मिटिङ्ग बसेर पारित गरेको बताए ।तर सखुवाप्रसौनी गाउँपालीका प्रमुख प्रसासिकीय अधिकृत संदेश यादव सङ्ग बुझ्दा अनुदानको मल बिक्रि बितरणको लागि नेपाल सरकारको निर्देसिका अनुसारनै २०७७/७/१७ गते सूचना प्रकाशित गरेको थिए तर सो बैठक २०७७/८/९ गते बसे तर उपाध्यक्षको अध्यक्ष्ातामा नै हुनुपर्नेमा बोर्ड बैठक बाट नियम बिपरित भएको बताए ।

