१९ बैशाख २०८३, शनिबार
पर्साको जिराभवानी पाँचमा राप्रपा र राजपा परित्याग गरि ७ सय जना नेपाली कांग्रेसमा प्रवेश
शुक्रबार, मंसिर १२ १७:३२

पर्साको जिराभवानी पाँचमा राप्रपा र राजपा परित्याग गरि ७ सय जना नेपाली कांग्रेसमा प्रवेश

बिष्णु जोशी -मेघराज राय जीराभवनी मङ्सिर १२/ आज जिराभवनी गाउँपालिका वडा न. ५ मा नेपाली काग्रेसले वृहत पार्टी प्रवेश कार्यक्रम गरेको नेपाली कांग्रेसका युवा नेता जिल्ला सदस्य नवीन सिंहले बताए । साथै लगभग ७ सय जना काग्रेसमा प्रवेश गरेको दावी पनि गरे । बर्तमान प्रधानमन्त्रीले नै भ्रष्टाचारको संरक्षण गरिरहेको नेपाली काँग्रेसका केन्द्रीय नेता रमेश रिजालले आरोप लगाए। जिराभवानी गाउपालिका वडा नं ५ सखुवनीया बजारमा काँग्रेस पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रिजालले बर्तमान सरकार काण्डै काण्डमा घेरिएको बताए। दुई तिहाइको सरकारले जग्गा काण्ड, जहाज खरिद काण्ड, सुनकाण्ड लगायतका सरकारले भ्रष्टाचार गरिरहेका नेता रिजालले आरोप लगाए। भ्रष्टाचारीलाई संरक्षण गर्दै सरकारले ब्रह्मलूट मचाएको हुदा अगामी निर्वाचनमा नेपाली काँग्रेसको सरकार हुने नेता रिजालले बताए। बर्तमान सरकारले गरिरहेको भ्रष्टाचार तथा अन्याय अत्याचार अन्य गर्न एक बिकल्प नेपाली काँग्रेस पार्टी मात्र रहेको काँग्रेसका जिल्ला सभापति अजय कुमार चौरसिया बताए। नेपाली काँग्रेस मात्र एउटा त्यस्तो पार्टी हो जहा हरेक क्षेत्रमा आदिवासी जनजाती, मदेशी, दलित, मुस्लिम भविष्य निर्माणका लागि राणा शासन देखि हालसम्म काँग्रेसले लडदै आएको नेता चौरसियाले बताए। सो पाटी प्रबेश कार्यक्रममा सो वडामा पर्ने हरैया, सखुवनिया, शंकरसरैया तथा कोढौलीका करिब ७ सय जना राष्ट्रिय प्रजातन्त्र पार्टी र राजपा पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टीमा प्रबेश गरेका छन। पार्टी प्रवेश गर्ने मा मोहन राउत थारु, गणेश राउत थारु, रामराज राउत थारु, मोहन राउत थारु, अलपत्र भैया, मुक्तिनारायण दास, सुरेश दास, लालदेव दास, माया राउत अहिर, बिरजा राउत थारु लगायतले नेपाली काँग्रेस पाटी प्रबेश गरेका छन। जिराभवानी गाउपालिका वडा नं ५ नेपाली काँग्रेसका सभापति जगदीश प्रसाद गेडराको सभापतित्व तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यमा वडा नं ५ को सखुवनिया बजारमा सो कार्यक्रम सम्पन्न भएका छन। काँग्रेस पार्टीमा नव प्रबेशीहरुलाई नेता रमेश रिजाल र प्रदेश सभा सदस्य शंकर चौधरीले टिका तथा माला लगाई स्वागत गरेका थिए।कार्यक्रममा प्रदेश सभासद शंकर प्रसाद चौधरी, महासमिति सदस्य बशिष्टनारायण कुर्मी, महासमिति सदस्य बृष्पतिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सचिव किशोरी साह, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ४ को सभापति रमेश पाण्डे, ठाकुर प्रसाद महतो, सहरुम राउत गद्दी, जिल्ला सदस्य नवीन सिंह, मोहन राउत थारु, संजय चौधरी मन्तव्य व्यक्त गरेका थिए।

Sharing is caring!

Latest News

कंचनपुर को महेन्द्रनगर मा एक ब्याक्ती मृत फेलापरे
शुक्रबार, मंसिर १२ १७:३२
नेपाली सेनाको टोलीले ४ थान भरुवा बन्दुकसहित स्थानीय दुई जना वन्यजन्तु तस्करीमा संलग्नलाई पक्राउ
शुक्रबार, मंसिर १२ १७:३२