३० असार २०८३, मंगलवार
कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ
सोमबार, मंसिर १५ १९:३०

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

१५ मंसिर, धनगढी खबरचित्र सम्बाददाता । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको थियो । त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको क्षेत्रीले बताए ।अन्लाईन खबर

Sharing is caring!

पर्साकोठोरीगाउँपालीका अध्यक्ष पदमलाल श्रेष्ठ द्वारा ठोरी २मा १५ सैयाकाे आधार भुत अस्पतालकाे शिलान्यास
सोमबार, मंसिर १५ १९:३०
दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी
सोमबार, मंसिर १५ १९:३०