१४ बैशाख २०८१, शुक्रबार
सुदुरपश्चिम मा ३ सय जनाको परीक्षण गर्दा थप ३२ जनामा कोरोना भाइरस संक्रमण को पुष्टि
सोमबार, मंसिर १५ २३:१४

सुदुरपश्चिम मा ३ सय जनाको परीक्षण गर्दा थप ३२ जनामा कोरोना भाइरस संक्रमण को पुष्टि

खबरचित्र सम्बाददाता।सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा झण्डै साढे ३ सय जनाको परीक्षण गर्दा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनाको परीक्षण गर्दा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय १ जनाको परीक्षण गर्दा २४ जना, डडेलधुरा अस्पतालको प्रयोगशालामा ३१ जनाको परीक्षण गर्दा ४ र कमलबजार नगरपालिकाको प्रयोगशालामा ९ जनाको परीक्षण गर्दा ४ संक्रमण पुष्टि भएको उनले बताए । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका ६ जनामा संक्रमण देखिएको जानकारी दिए । कैलालीकै ठेगाना नखुलेका १ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिकाका १ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । 

यस्तै बझाङका २ जना र दार्चुलाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ८४ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ४ सय ६० जनाले कोरोना जितेका छन् भने ५३ जनाको मृत्यु भएको छ ।
 

Sharing is caring!

दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी
सोमबार, मंसिर १५ २३:१४
कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, एकैदिन २९ जनाको मृत्यु
सोमबार, मंसिर १५ २३:१४
shares