६ बैशाख २०८१, बिहीबार
कंचनपुर बाट एक लाख नगद सहित एक तोला सुन लगेर महिला फरार
सोमबार, मंसिर १५ २३:३०

कंचनपुर बाट एक लाख नगद सहित एक तोला सुन लगेर महिला फरार

खबरचित्र सम्बाददाता।कञ्चनपुरको शुक्लफाँटा नगरपालिका–१२ का स्थानिय नरविर मडैकी श्रीमती सावित्री मडै भाट एक लाख नगद सहित एक तोला सुन लगेर फरार भएकी छन् ।

मंसिर १२ गते दिउँसो घरबाट अत्तरीया जान्छु भनेर निस्कीएकी श्रीमती सम्पत्ती लगेर फरार भएकी नरविरले बताए । डेढ बर्षअघि गाउँबाटै मागी बिवाह गरेर दुबै जना मजदुरी गर्न भारत गएको र कोरोना महामारीले लकडाउन भएपछि श्रीमतीलाई घर पठाएको उनले सुनाए ।

घर पठाएको सात महिनामै श्रीमती भारतमा कमाएको सबै पैसा र सुन लगेर परार भएकी उनले बताए । आपसी सल्लाहमा सम्बन्ध राम्रै चलेको भएपनि १२ गते उनले अकल्पनीय परस्थितीको सामना गर्नुप¥यो ।

आफु भारतमै भएका बेला श्रीमती सम्पत्ती लगेर फरार भएको खबर सुनेपछि आफु १३ गते मात्रै घर आईपुगेको उनले सुनाए । श्रीमतीले गरगहना र पैँसा पनि लगेपछि आफु विचल्लीमा परेको उनले दुखेसो पोखे ।

श्रीमतीको खोजीको लागी प्रहरीमा उजुरी समेत दिएको र आजसम्म कुनै सम्पर्कमा नआएको उनले बताए । उनले भने–‘दुवै जनाको सम्बन्ध राम्रै थियो त्यसैले सबै पैशा राख्न श्रीमतीलाई दिने गर्थे उनले भने अहिले सबै सम्पत्ती लगेर फरार भइन् ।’

भारतबाट घर आएपछि फोनमा धेरै बिजी हुने, अरु केटाहरुसंग फोन गर्ने गरेको स्थानियले सुनाएको बताए ।साभार सुदुर पत्र

Sharing is caring!

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, एकैदिन २९ जनाको मृत्यु
सोमबार, मंसिर १५ २३:३०
धनगढीमा बिग्रिएको कालोत्रपे सडकमा अख्तियार दुरुपयोग अनुसन्धान सुरु गर्यो
सोमबार, मंसिर १५ २३:३०
shares