४ माघ २०७७, आईतवार
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुग्यो
मंगलवार, मंसिर १६ १९:२०

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । गत २४ घण्टामा १ हजार ३ सय ४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को इलाममा ११, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१ र सुनसरीमा ५२ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धुनषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिरहामा ५ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ ।

काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ११ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासी पूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, वागलुङमा १३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ४५ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ र बैतडीमा १८ कोरोना भेटिएको छ 

Sharing is caring!

Latest News

धनगढीमा बिग्रिएको कालोत्रपे सडकमा अख्तियार दुरुपयोग अनुसन्धान सुरु गर्यो
मंगलवार, मंसिर १६ १९:२०
स्कुटर दुर्घटना मा भक्तपुर मा एकजना को ज्यान गयो
मंगलवार, मंसिर १६ १९:२०
shares