३० असार २०८३, मंगलवार
सुदूरपश्चिम प्रदेश   ट्राफिक प्रहरीलाई  गोदावरी नगरपालिका द्वारा   ‘गोब्रो’ क्यामरा र ट्राफिक डमी हस्तान्तरण
बुधबार, पुष १ १३:३८

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई गोदावरी नगरपालिका द्वारा ‘गोब्रो’ क्यामरा र ट्राफिक डमी हस्तान्तरण

अत्तरिया,कैलालीको गोदावरी नगरपालिकाले ट्राफिक प्रहरीलाई ‘गोब्रो’ क्यामरा र ट्राफिक डमी हस्तान्तरण गरेको छ । नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख (एसपी) प्रहरी उपरीक्षक बामदेव गौतमलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् । ५ वटा ‘गोब्रो’ क्यामरा र ५ वटा ट्राफिक डमी नगरपालिकाको तर्फबाट सहयोग गरेको हो । ट्राफिक डमी सुदूरपश्चिम प्रदेशको मुख्य केन्द्र मानिने अत्तरिया चौकको ४ वटा कुनामा राखिने छ ।

‘गोब्रो’ क्यामरा डुयुटिमा खटिएका ट्राफिक प्रहरीले छातीमा झुण्ड्याइने छ । पछिल्लो समयमा अत्तरिया क्षेत्रमा यातायातका साधनको चाप बढेसंगै ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको नगर प्रमुख साउँदले बताए । त्यो देखिएको समस्या हल गर्नका लागि नगरपालिकाले डमी र ‘गोब्रो’ क्यामरा सहयोग गरेको उनले बताए ।

बढ्दो सहरीकरण र सवारी चापको कारण दिनहुँजसो दुर्घटना हुने अत्तरिया क्षेत्रमा ट्राफिक डमीले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका एसपी गौतमले बताए । उनले रातको समयमा ट्राफिकहरु सडकमा नहुँदा मापसे गरी गाडी चलाउनेदेखि तीब्र गतीमा गाडी चलाउनेहरुलाई समेत डमीको सहायताबाट कन्ट्रोल गर्न सकिने बताए ।यसरी राखिएको डमीमा विभिन्न सचेतनामुलक सन्देश प्रवाह समेत गरिन्छ भने ट्राफिक नियमहरुमा सडक प्रयोगकर्ताहरुलाई सचेतना समेत दिनेछ । डमी प्रहरीले सडक शिक्षा कार्यक्रमलाई समेत थप प्रभावकारी बनाउने प्रदेश ट्राफिक प्रहरीको भनाइ छ । सडकमा उभिएको डमी टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने डमी ट्राफिक प्रहरीका हातमा विभिन्न सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड लेखिएका छन् । ट्राफिकको आँखा छलेर नियम उल्लंघन गर्नेहरुलाई पनि डमी ट्राफिकले सतर्क बनाउने एसपी गौतमको भनाई छ ।

Sharing is caring!

८४ वर्षीया इन्जिनियर मित्रलाल भट्टराईले ६५ वर्षीया बेहुली भित्र्याएका छन्
बुधबार, पुष १ १३:३८
पर्साको ठोरी पाँचमा बिरगंज महानगरका मेयर बिजय कुमार सरावगीको सौजनयमा सुवर्णपुरमा निशुल्क आँखा शिबिर सम्पन्न
बुधबार, पुष १ १३:३८