९ आश्विन २०७८, शनिबार
सहकारीद्वारा आश्रमलाई सहयोग
बुधबार, चैत्र ४ १६:०४

सहकारीद्वारा आश्रमलाई सहयोग

धनगढी, चैत ४– जिल्ला वचत तथा ऋण सहकारी संस्था धनगढीले आफ्नो ९ औंँ स्थापना दिवसका अवसरमा तारानगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले ११ हजार १ सय ११ रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल तथा खाद्यान्न सामग्रीहरु उपलब्ध गराएको हो ।

सहयोग हस्तान्तरणपश्चात् भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय सहरकारी महासंघका पूर्व सञ्चालक तथा सहकारी अभियन्ता भोजबहादुर बमले सहरकारीको मूल्य मान्यताबमोजिम काम गर्दै सामाजिक क्षेत्रमा पनि गरिएको सहयोगको उल्लेखनिय योगदान भएको बताए ।

उनले भने,‘सहरकारीले सामाजि क्षेत्रमा गरिएको सहयोग अुनसार मानव सेवा आश्रमलाई गरिएको दान सहरकारीको क्षेत्रमा पहिलो हो, यसले सामाजिक क्षेत्रमा सहयोग गर्न अरुलाई पनि प्रेरित गरेको छ ।’ संस्थाका अध्यक्ष शिवा थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव शैलेन्द्र श्रेष्ठ, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष विश्व पौडेललगायतले बोलेका थिए ।

Sharing is caring!

Latest News

निर्देशक बिसी, (बिजुली ) अभिनित भिडियो “देशकी फेरुवा ” (भिडियो सहित )
बुधबार, चैत्र ४ १६:०४
पत्रकार योगीको शब्द र गायक बिसीको संगीतमा ‘ऐना हेरी हेरी’ सार्वजनिक ( भिडियो सहित )
बुधबार, चैत्र ४ १६:०४
shares