१३ बैशाख २०८१, बिहीबार
डोटीका जनताको प्राण बचाउन विभिन्न उपायको खोजी गर्दै : अध्यक्ष जोशी
शुक्रबार, जेष्ठ २१ २१:४२

डोटीका जनताको प्राण बचाउन विभिन्न उपायको खोजी गर्दै : अध्यक्ष जोशी

डोटी,२१ जेठ । डोटीका जनताको प्राण बचाउन कैलालीको धनगढीमा रहेको साईन नेपाल संस्थाको भुमिका महत्त्वपूर्ण देखिन्छ ।कोरोना भाईरस संक्रमण दरको सुरुवात चरण देखि नै साईन नेपालका अध्यक्ष भक्तराज जोशी सहित उनको टिम निरन्तर डोटीका जनताको प्राण बचाउन विभिन्न उपायको खोजी गर्दै दौडिन्थ्यो।

संस्थाका अध्यक्ष जोशी यस्तो महामारीमा कहिले स्वास्थ्य सामाग्री, कहिले कोरोना परिक्षणका लागि एन्टिजेन्ट कीट, कहिले भने प्राण वायु उत्पादन सहितका थुप्रै स्वास्थ्य उपकरणहरुको बन्दोबस्त सहित सरकार भन्दा अगाडि डोटी पुग्ने गर्थे।

यसपटक पनि उनको टिम डोटीका ६ र बाजुराका २ पालिकाहरुमा कोभिड–१९ व्यवस्थापन गर्न अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, नेबुलाईजर, पिपिई सेट, मास्क, सेनिटाईजर, थर्मगन, ग्लोब्स सहितको स्वास्थ्य सामाग्री सहित बिहीबार कैलाली देखि  डोटीको दिपायल पुगेको छ।

दिपायल पुगेको सो टिमले शुक्रबार बिहान शिखर नगरपालिका र दिउँसो  केआई सिंह गाउँपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिपलमिटर,१ थान थर्मलगन २ थान नेबुलाईजर र २ सेट पिपिई नगर प्रमुखहरुलाई हस्तान्तरण गरेको हो।

सामाग्री ग्रहण गर्दै दुवै पालिकाका नगर प्रमुखहरुले साईन नेपाल प्रती आभार प्रकट गरेका छन्। त्यस्तै शनिबार पुर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श  गाउँपालिकामा  अक्सिजन कन्सन्ट्रेटर,अक्सिमिटर, नेबुलाईजर, पिपिई सेट, मास्क, सेनिटाईजर, थर्मलगन, ग्लोब्स सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने कार्यक्रम रहेको जोशीले बताए।

Sharing is caring!

कैलारी गाउँपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिदै, ९४ जनाको परिक्षण गर्दा ३७ जना पोजिटभ
शुक्रबार, जेष्ठ २१ २१:४२
पुर्वीचौकी गाउँपालिकाले गर्‍यो भिडियो एक्सरे सेवा सुरु
शुक्रबार, जेष्ठ २१ २१:४२
shares