मंगलवार, माघ ११ १७:५२
चलचित्र महोत्सब हुने
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को पाँचौ संस्करण आगामी चैत महिनाको १० देखि १४ गते सम्म काठमाडौंमा आयोजना हुने भएको छ ।
महोत्सवमा ३८ देशका ८९ चलचित्र प्रदर्शन हुने आयोजकले जानकारी गराएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्म प्रदर्शन हुनेछन् ।
