मंगलवार, श्रावण ३१ ०८:०१
‘सम्हालिन्छ कहिले मन’ गीतमा अन्नु चौधरी र तारा प्रकाश लिम्बुको स्वर
लभस्टोरी फिल्म निर्देशक सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को दोस्रो गीत साउनको अन्तिम सोमवार पारेर ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्युबमार्फत् सार्बजनिक गरिएको छ ।
चर्चित गायिका अनु चौधरी र तारा प्रकाश लिम्बुको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना र तारा प्रकाश लिम्बुको संगीत छ भेन गित मा कविराज गहतराजको कोरियोग्राफी रहेको छ मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् । यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन पक्ष लाई आम दर्सकहरु ले मन पराएका छन् ।
एबी इन्टरनेशनलसँग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्म यहि भदौ १७ गते प्रदर्शनमा आउने तयारीमा छ भेन फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले संयुक्त रुपमा लगानी गरेका छन् ।
गोबिन्द मुखिया, खबरचित्रका संवाददाता हुन्।