११ असार २०८३, बिहीबार
अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ
मंगलवार, कार्तिक १५ २१:५०

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ

 लोकप्रिय अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । मंगलवार दिउँसो उनले काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार, सर्जरीको माध्यमबाट श्वेताले छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको जानकारी प्राप्त छ । श्वेता बच्चाको साथमा केही दिनमा डिस्चार्ज हुने बताइएको छ । उनले सामाजिक सञ्जालबाट खुसी व्यक्त गर्दै भनेकी छिन् ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दीप झुल्किएको छ । श्वेता २०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनले गर्भमा ६ महिनाको बच्चा हुँदासम्म आफू आमा बन्न लागेको कुरा गोप्य राखेकी थिइन् । मिडियामा यो कुरा बाहिरिएपछि भने उनी बेबी बम्पसहित सार्वजनिक कार्यक्रमहरुमा पुग्न थालेकी थिइन् । हालसालै उनले श्रीमानको साथमा बेबी बम्पसहित फोटोसुट समेत गरेकी थिइन् ।  फिल्म ‘कहाँ भेटिएला’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी श्वेता विजयन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि अभिनयबाट टाढा छिन् । उनी पछिल्लो पटक फिल्म ‘कान्छी’मा देखिएकी थिइन् । यो फिल्म उनी आफैंले निर्माण गरेकी थिइन् । अब उनी बच्चा हुर्किएपछि मात्र फिल्म निर्माण र अभिनयमा फर्किने सम्भावना देखिन्छ । खड्काले विभिन्न व्यवसायको कमान्ड समेत सम्हाल्दै आएकी छन् । 

Sharing is caring!

Latest News

प्रसिद्ध जोरायल दुत्ते मेला
मंगलवार, कार्तिक १५ २१:५०
मंसिर २२ गतेबाट धनगढीमा सुदूरपश्चिम महोत्सव हुने
मंगलवार, कार्तिक १५ २१:५०