१४ बैशाख २०८१, शुक्रबार
मालाखेती अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा डा.  मौनी
बुधबार, मंसिर १४ १९:०९

मालाखेती अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा डा. मौनी

धनगढी ।  कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा डा. नर बहादुर मौनीलाई मनोनित गरिएको छ । गोदावरी नगरपालिकाले मौनीलाई ५ बर्षे कार्यकालका लागि अस्पतालको अध्यक्षमा मनोनय गरेको हो ।

नगरपालिका मातहतमा रहेको यस अस्पतालमा यसअघि नगरप्रमुख नै अध्यक्ष रहदै आएकोमा अस्पताल व्यवस्थापन समितिको निर्देशिका २०७९ मा उक्त प्रावधान परिवर्तन गरी मौनीलाई अध्यक्षमा मनोनय गरिएको छ । डा। मौनी अत्तरियामा रहेको पद्मा अस्पतालका प्रबन्ध निर्देशक र रेडक्रम उपशाखा अत्तरियाका अध्यक्ष पनि हुन ।

उक्त समितिमा नगर प्रमुखलाई संरक्षकको रुपमा राखिएको छ । त्यस्तै समितिमा ६ जना सदस्य रहेका छन । जसमा वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, अत्तरिया उद्योग बाणिज्य संघका सदस्य देवराज भट्ट, नगरप्रमुखले तोकेका स्थानीय समाजसेवी देवेन्द्र राज जोशी, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, मालाखेती अस्पतालका प्रमुख डा अन्वेश कोइराला सदस्य सचिव रहेका छन । एक जना महिला सदस्य भने मनोनय गर्न बाँकी रहेको छ ।

नगरपालिकाले यसअघि ‘अस्पताल व्यवस्थापन समिति गठन निर्देशिक २०७९’ निर्माण गरी कार्यपालिका बैठकबाट पारीत गरेको थियो । सो निर्देशिकाले समितिको काम, कतव्य र अधिकार पनि निर्धारण गरेको छ ।

Sharing is caring!

एसपिए मार्गमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा
बुधबार, मंसिर १४ १९:०९
Hiii
बुधबार, मंसिर १४ १९:०९
shares