१६ चैत्र २०८०, शुक्रबार
मंसिर २२ देखी  आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सव प्रधानमन्त्री शेर बहादूर देउवाले उद्घाटन गर्ने
मंगलवार, मंसिर २० २२:२८

मंसिर २२ देखी आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सव प्रधानमन्त्री शेर बहादूर देउवाले उद्घाटन गर्ने

मंसिर २२ देखी धनगढीमा आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सव प्रधानमन्त्री शेर बहादूर देउवाले गर्ने भएका छन् । बिगतबाटै सुदूरपश्चिमका बिभिन्न माग राख्दै देश प्रमुख तथा प्रतिनिधीहरुलाई माग अनुसारको माला लगाउने परिपार्टीलाई निरन्तरता दिदै यस पटक प्रधानमन्त्री देउवालाई बिभिन्न माग राखिने आयोजक कैलाली उधोग बाणिज्य संघले जनाएको छ ।
धनगढी उपमहानगरपालीका–१ पशुपती टोलमा लाग्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा लाग्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो।

महोत्सवमा सुदूरपश्चिमका स्थानीयदेखी राष्ट्रिय कलाकारहरुको उपस्थिती रहने प्रचार प्रसार संयोजक तथा कैलाली उधोग बाणिज्य संघका उपाध्यक्ष मनोज अग्रवालले बताए । ‘महोत्सवको तयारी ९० प्रतिशत पुरा भइसकेको छ भोली साँझसम्म सबै तयारी पुरा हुने छ।’ उनले भने।

दुई करोडको लगानीमा महोत्सव लागिरहेको र यो महोत्सवबाट व्यवसायीले ५ देखि ७ करोडको कारोबार गर्ने कैलाली उधोग बाणिज्य संघका अध्यक्ष कुँवरले बताए। सुदूरपश्चिम महात्सव सबैका लागि चाँडपर्व जस्तै भएकाले मिलेर सम्पन्न गर्न उनले आग्रह गरेका छन्।

Sharing is caring!

मतदातालाई धन्यवाद दिदै निर्वाचित उम्मेदवार: पन्त र देउवा
मंगलवार, मंसिर २० २२:२८
सुदुरपश्चिम महोत्सव प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे
मंगलवार, मंसिर २० २२:२८
shares