८ बैशाख २०८१, शनिबार
बिग्रँदो आर्थिक अवस्थाको कारण प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन: अर्थ मन्त्री शर्मा
सोमबार, पुष ११ २०:०९

बिग्रँदो आर्थिक अवस्थाको कारण प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन: अर्थ मन्त्री शर्मा

काठमाडौं, ११ पुस । अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट बाहिरीएका छन् । सोमबार अपहन्न मन्त्रालयबाट बाहिरिँदै गर्दा निर्वतमान अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी गरेका छन्।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले राजस्व कम उठ्नुमा अमूक व्यक्ति र प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको तर्क गरेका हुन् ।

पछिल्लो समय बिग्रँदो आर्थिक अवस्थाको अपजस पनि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिएका छन् । उनले आफू अर्थमन्त्री भएर पनि जम्मा एकतिहाइ अर्थतन्त्रमात्र चलाउन सकेको स्वीकार्दै बाँकी दुई तिहाई प्रधानमन्त्रीले चलाएको स्पष्ट पारे।

उनले आफूलाई नसोधी बजेटमा ६० अर्बको सिलिङ राखिएको र सोही कारण बजेट घाटा बढेको दाबी पनि गरे । उनले आफूमाथि ठूलो राजनीति गरिएको गुनासो गरे । उनले चालू आर्थिक वर्षको बजेट बनाउँदा विचौलियाको प्रवेश गराएको भन्ने आरोप समेत लगाए । सभार arthakoartha.com

Sharing is caring!

दक्षिण भारतको प्रशिद्ध विश्वविद्यालयसँग एसपीएको भागिनी सम्बन्ध स्थापना, विद्यार्थी आदानप्रदान हुने
सोमबार, पुष ११ २०:०९
चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक (भिडियो सहित)
सोमबार, पुष ११ २०:०९
shares