१३ बैशाख २०८१, बिहीबार
राजकाँडा क्षेत्रमा नाट्टा सुदुरपश्चिम प्रदेशको मासिक बैठक सम्पन्न
सोमबार, पुष २५ १८:४९

राजकाँडा क्षेत्रमा नाट्टा सुदुरपश्चिम प्रदेशको मासिक बैठक सम्पन्न

पर्यटकीय स्थलको पहिचान तथा प्रबर्धन गर्ने उद्धेश्यले नाट्टा सुदुरपश्चिम प्रदेशको मासिक बैठक सम्पन्न।
सुदुरपश्चिम प्रदेशमा रहेका पर्यटकीय दृस्टीकोणले सम्भावित गन्तब्य स्थलको पहिचान तथा प्रबर्धन गर्ने उद्धेश्यले कैलालीको मोहन्याल गाउँपालिका अन्तरगत रहेको राजकाँडा क्षेत्रमा नाट्टा सुदुरपश्चिम प्रदेशको मासिक बैठक सम्पन्न भएको छ।
उक्त बैठकले नाट्टा सुदुरपश्चिम प्रदेशका सबै सदस्य ट्राभलले पर्यटकीय स्थल राजकाँडालाई आफ्नो टुर प्याकेजमा अनिवार्य रुपमा समेट्ने, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरि राजकाँडा क्षेत्रलाई उत्कृस्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा बिकास गर्न परिणाममुखी पहल गर्ने निर्णय गरेको नाट्टा सुदुरपश्चिमका अध्यक्ष पदम बिक्रम सिंहले जानकारी गराउनुभयो।
बर्दिया र चिसापानि सम्म आएका पर्यटक को बसाई राजकाँडा सम्म लम्ब्याउन सकिने र त्यसको लागि नाट्टाले पहल गर्ने नाट्टा का उपाध्यक्ष धनन्जय जैसी ले बताउनु भयो

उक्त बैठकले नाट्टा सुदुरपस्चिम प्रदेशका कार्यसमितिमा २ जना सदस्यहरु तथा ४ जना सल्लाहकार समिति लाई मोनोनित गरेको छ।
मनोनित प्रदेश कार्यसमिति सदस्यहरु
१. यूनिफर्म टुर्स एण्ड ट्राभल प्रा. ली. महेन्द्रनगरका प्रबन्धक निर्देशक जगदीश चन्द्र भट्ट
२. लिंगा टुर्स एण्ड ट्राभल प्रा. ली. महेन्द्रनगरका प्रबन्धक निर्देशक प्रविन चन्द

मनोनित सल्लाहकार समिति
१. योगेश रावल (अध्यक्ष, नेपाल पत्रकार महासंघ सुदुरपस्चिम)
२. रामकृष्ण भट्ट (प्रमुख, धनगढी विमानस्थल)
३. परमानन्द भण्डारी (पर्यटन ब्यबसायी)
४. शिवराज जोशी (सह-प्राध्यापक, सुदुरपस्चिम बिश्व-बिद्यालय, कैलाली बहुमुखी क्याम्पस)
बैठक पश्चात राजकाँडा देखि चिसापानी सम्मको २.५ घण्टाको ट्रेकिङ रुटको समेत अवलोकन भएको थियो ।
राजकाँडा क्षेत्रमा भएका ऐतिहासिक स्थलमा धुलिकोट दरबार, गुफा, टुंडिखेल, राजाले पानी खाने कुवा, कोल, कैदी सराउने भिर, शिव मन्दिर, मालिका मन्दिर, हात्ती ढुंगा, हात्ती खाल, भैरवथान लगायतका पर्यटकीय संभावना बोकेका क्षेत्रहरू रहेका छन् । धुलिकोटे राजा बाइसे/चौबीसै राजाको पालमा शाशन गरेको भन्ने जानकारी स्थानीय कमल शाहीले गराउनुभयो।
राजकाँडा पुग्न कैलालीको लम्की बजार देखि उत्तर तर्फ करिब १८ किलोमिटर ग्राभेल सडक मार्फत जान सकिन्छ भने कैलालीको चिसापानी देखि २.५ घन्टाको ट्रेकिङ्ग गरेर पनि जान सकिन्छ। नाट्टा सुदुरपस्चिम प्रदेशको अर्को मासिक बैठक कन्चनपुरको नाईल क्षेत्र अथवा झिल्मिला तालमा गर्ने नाट्टा सुदुरपस्चिमका अध्यक्ष पदम बिक्रम सिंहले जानकारी गराउनुभयो।

बैठकमा नाट्टा सुदूरपश्चिम प्रदेशका कार्यसमिति सदस्यहरु, संस्थापक अध्यक्ष एवम् संरक्षक मायाप्रकाश भट्ट, अतिथिहरुमा वरिष्ठ अधिवक्ता प्रयागदत्त भट्ट, निर्माण व्यावसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष लक्ष्मण स्वार, उद्योग बाणिज्य महासंघ सुदुरपस्चिमका कार्यकारी निर्देशक ज्योति भट्ट, कैलाली उद्योग वाणिाज्य संघ कैलालीका कार्यकारी निर्देशक गोमा अधिकारी, सुदूरपश्चिम प्रदेश पर्यटन बोर्डका जानकी थापा, पत्रकार चन्द्र प्रसाद खनाल, बुद्ध एयर धनगढी प्रतिनिधि विरेन्द्र चन्द, श्री एयर धनगढीका प्रतिनिधि रनसिंह ठक्कुला, स्थानीय युवा समाजसेवी कमल शाही लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो । नाट्टा सुदुरपस्चिम प्रदेशका उपाध्यक्ष धनन्जय जैसी मासिक बैठकको संयोजक रहनुभएको थियो।

Sharing is caring!

नेपाली प्रवासी परिवार बेङ्गलोर कर्नाटक राज्य समिति(भारत)को अध्यक्षमा कुवर
सोमबार, पुष २५ १८:४९
राजकाँडा क्षेत्रमा नाट्टा सुदुरपश्चिम प्रदेशको मासिक बैठक सम्पन्न ।के के भए निर्णय हेर्नुस्
सोमबार, पुष २५ १८:४९
shares