१३ बैशाख २०८१, बिहीबार
धनगढीमा सर्वाधिक पुरस्कार राशीको खुल्ला डेउडा प्रतियोगिता आयोजना हुने
शुक्रबार, पुष २९ २३:०९

धनगढीमा सर्वाधिक पुरस्कार राशीको खुल्ला डेउडा प्रतियोगिता आयोजना हुने

धनगढी , कैलालीको धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा प्रतियोगित गरिने भएको छ । देउडा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी माघ २०, २१ र २२ गते धनगढी स्थित साहित्य समाजको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ ले आगामी माघमा प्रदेश स्तरकै सर्वाधिक धनराशिको देउडा प्रतियोगिता आयोजना गरिने बताउनु भयो । उनका अनुसार माघ २०, २१ र २२ गते प्रतियोगिता आयोजना गरिने छ । तीन दिनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि पौष ३० गतेबाट समूह दर्ता खुला गरिने छ ।प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ ले आगामी माघमा प्रदेश स्तरकै सर्वाधिक धनराशिको देउडा प्रतियोगिता आयोजना गरिने बताए । तीन दिनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि पुस ३० गतेबाट समूह दर्ता खुला गरिने छ । प्रतियोगितामा सबै जिल्लाबाट एक समूह अनिवार्य सहभागी गराइने र त्यसभन्दा बढी समूहको सहभागिता समेत हुनसक्ने आयोजकले जानकारी दिएको छ ।

देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यसको प्रचार प्रसार गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको रावतले बताए । प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक दिन प्रतियोगितामा सहभागीमध्ये एक जना देउडियालाई नगद १ हजारसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले जानकारी दिए ।

Sharing is caring!

विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर हुने ।
शुक्रबार, पुष २९ २३:०९
नेपाली प्रवासी परिवार मुम्बई महाराष्ट्र भारतको अध्यक्षमा मीन बहादुर कुवँर चयन
शुक्रबार, पुष २९ २३:०९
shares