१८ बैशाख २०८३, शुक्रबार
नाट्टा सुदूरपश्चिमको समन्वयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत बेलडाँडी प्रवेशद्वार खोल्न पहल।
सोमबार, माघ ९ २१:४०

नाट्टा सुदूरपश्चिमको समन्वयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत बेलडाँडी प्रवेशद्वार खोल्न पहल।

धनगढी ,०९ माग ,नाट्टा सुदूरपश्चिमको समन्वयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तरगत बेलडाँडी प्रवेशद्वार खोल्न पहल।नाट्टा सुदूरपश्चिम प्रदेशको पहलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तरगत बेलडाँडी प्रवेशद्वार बाट समेत जङ्गल सफारीका लागि पर्यटकहरूलाई आवतजावत गर्नका लागि पर्यटन प्रवर्द्धन र स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार्ने उद्देश्यले शुक्लाफाँटा निकुञ्जमा सरोकारवालाहरू सँग महत्त्वपूर्ण छलफल गरिएको हो ।


बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरी ,बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई प्रमुख कालीराम चौधरी र नाट्टा सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष माया प्रकाश भट्टको उपस्थितमा सरोकारवाला निकायका प्रमुखसँग बेलडाँडी प्रवेशद्वारबाट शुक्लाफाँटा निकुञ्जमा जङ्गल सफारीका लागि पर्यटकहरूलाई आवतजावत गर्नका लागि महत्त्वपूर्ण छलफल गरिएको छ।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले आफ्नो गाउँपालिकाबाट पर्यटकको आगमन गराउने भन्दै छिटो प्रवेशद्वार खोल्ने तयारी भएको बताए। भौगोलिक विकटता रहेको गाउपलिकामा प्रवेशद्वार पछि सहज हुने बताए।  मझगाँउबाट पर्यटकले प्रवेश गरेर बेलडाँडि गाउपलिकाबाट निकास हुनुपर्ने जोड दिनु भयो। गाउँपालिकामा पनि थुप्रै पर्यटकिय स्थल रहेकाले पर्यटक भित्र्याउने इच्छा रहेको बताएका छन्। 


यस्तै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले पनि प्रवेशद्वार भइसके पछि गौरीफान्टा नाका भएर भारतीय पर्यटकहरू आउनेमा विश्वस्त रहे। बेलडाँडि गाउँपालिकामा नदीमा पुल निर्माण पछि झन् सजिलो हुने बताए। यसका लागी आफ्नो नगरपालिकाले पनि सहयोग गर्ने बताए।  
त्यस्तै बेलौरी महोत्सवका बेला आन्तरिक पर्यटक पनि भित्रिने भएकाले बेलडाँडी प्रवेशद्वार बाट जङ्गल सफारीका लागि पर्यटकहरूलाई आवतजावत गर्नका लागि प्रवेशद्वार खुला गर्न सुझाव दिए। 

सो छलफलमा धनगढी विमानस्थल प्रमुख राम कृष्ण भट्ट,सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ अध्यक्ष लक्ष्मण स्वाँर,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम सचिव हरि जोशी,अध्यक्ष पदम विक्रम सिंह ,उपाध्यक्ष धनञ्जय जैसी, सदस्य विक्रम ठकुल्ला,होटेल व्यवसायी महासंघ केन्द्रीय पर्यटन सचिव कलम बम,बुद्ध एयर धनगढीका कार्यलय प्रमुख बुद्धराम चौधरी, फोटो पत्रकार महासंघ केन्द्रीय सदस्य विवेक नागरी, कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोमा अधिकारी,शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर विवश कलौनी,बेलौरी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष आत्माराम दाहाल, निवर्तमान अध्यक्ष लक्ष्मी नारायण चौधरी र महासचिव रीता चौधरी, होटेल व्यवसायी संघ कैलालीका सदस्य कुलदीप थापा, रमेश कुडमाल, बेलडाँडी गाउँपालिकाका स्थानीयहरूको उपस्थितिमा बेलडाँडी प्रवेश द्वारलाई सुचारु गर्न पहल गर्ने निर्णय समेत गरिएको छ।

Sharing is caring!

Latest News

नेपाली प्रवासी परिवार मुम्बई महाराष्ट्र भारतको अध्यक्षमा मीन बहादुर कुवँर चयन
सोमबार, माघ ९ २१:४०
दुर्घटना न्युनिकरण गर्न डिभाईडर हटाउन थालियाे
सोमबार, माघ ९ २१:४०