१३ बैशाख २०८१, बिहीबार
कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइलाई
शुक्रबार, माघ २७ २०:५५

कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइलाई

माघ,२७ गुलरिया
कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि समैजी मावि किचाइले हात पारेको छ । उसले १० स्वर्ण ,४ कास्य र २ रजत सहित उपाधि जितेको हो । समैजिले रनिङ सिल्डमा सहभागी २२ विद्यालयलाई पछि पार्दै पहिलोपटक उपाधि जित्न सफल भएको हो । त्यस्तै ४ स्वर्ण ,३ कास्य र २ रजत सहित विणा मावि बिचुवाले दोश्रो स्थान हात पारेको हो भने ३ स्वर्ण,४ कास्य र ७ रजत सहित कृष्ण मावि मौवाफाँटाले तृतीय स्थान हात परेको छ । नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वर्ण पदका प्रतिस्पर्धा भएको थियो ।
कृष्णपुर नगरपालिकाको आयोजना र कृष्णपुर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा बुधबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको छ । रनिङ सिल्डमा भलिबल ,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइएको थियो । समापन समारोहका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफुले शिक्षा स्वास्थ्य सँगै खेलकुदलाई प्राथमिकतामा राखेकोले खुलेर खेलकुदका गतिविधिमा सहभागी हुन विद्यार्थीहरुलाई आह्वान गरे । उनले आफू योजनाबद्ध तरीकाले अगाडि बढिरहेको भन्दै कृष्णपुरका खेलाडीहरुको बृहतर हितका लागि आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न समापन समारोहको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए । त्यस्तै विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाकि उपप्रमुख द्रोपती राना,नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु दत्त भट्ट रहेका थिए । अतिथिमा विभिन्न वडाका वडाध्यक्षहरु,विभिन्न खेलसँग सम्बन्धित पदाधिकारी,रनिङ सिल्डमा सहभागी विद्यालयका प्राधानाध्यापकहरु रहेका थिए । हजारौं विद्यार्थी र दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।

Sharing is caring!

भारतमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड
शुक्रबार, माघ २७ २०:५५
थारु गित खेली होलि मा संगत थारु र सोनु थारु को जोडी
शुक्रबार, माघ २७ २०:५५
shares