मंगलवार, फाल्गुन १६ १६:०३
ब्याजदरविरुद्ध आज दोस्रो दिन पनि `विरोध र्याली´
धनगढीमा बैङ्क तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध आज (मंगलबार) पनि `विरोध र्याली´ निकालिएको छ ।
सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरूले सोमबारबाट सुरु गरेको आन्दोलनमा आज पनि `विरोध र्याली´ निकालिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
बिहान ११ बजेसम्म बजार बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको उक्त आन्दोलनमा विभिन्न निकायहरूमा विरोध प्रदर्शन गर्ने उद्योग वाणिज्य सङ्घले तयारी गरेको छ ।
