“फुला मैया के”गीत एस टि एस सिनेमाको ठूलो पर्दाबाट रिलिज। (भिडियो सहित)
धनगढी, फुला मैया के म्युजिक भिडियो ठूलो पर्दाबाट सार्वजनिक भएको छ शनिबार एक कार्यक्रमका बीच एसटिएस सिनेमा हलमा फुला मैया के गीत विशेष सो गरी सार्वजनिक भएको हो। सेभिल entertainment द्वारा सार्वजनिक भएको हो। फुला मैया के गीत एकदमै राम्रो बनेको र उच्च प्रविधि प्रयोग गरेका कारण ठूलो पर्दाबाट रिलिज गरेको कार्यक्रमका अध्यक्ष राज चौधरीले बताए उनले अबका दिनमा थारु गीतहरूका लागि यो एउटा प्रोत्साहन हुने समेत बताए।
हामीले पनि थारु गित यस्तो हलमा आएर चाहिँ यसरी रिलिज गर्न पाउँदा खेरि धेरै खुशी लागेको छ। आदर्श महतोको निर्देशनमा ममता चौधरी फुलराम चौधरी राज चौधरी रामु कुशमीले अभिनय गरेका छन्। छायाङ्कन तथा सम्पादन दया चौधरीले गरेका हुन्। उक्त गीतमा आवाज आरके थारु समीक्षा चौधरी आवाजमा आरके थारुले नै संगीत भरेका हुन्। गीतमा शब्द भने सुमन चौधरीको रहेको छ।
प्रमुख अतिथी चन्द्र सिङ चौधरी ,विशिष्ट अतिथीहरुमा चलचित्र पत्रकार सङ्घका धनगढी उपाध्यक्ष विवेक नागरी ,राष्ट्रिय थारु कलाकार मञ्चका सुदूरपश्चिम अध्यक्ष संगत थारु ,सुपकला प्रतिष्ठानका अध्यक्ष अम्बिका प्रसाद आचर्य गुणाकर पनेरू ,मधब थारु ,ठाकुर करिया प्रधान ,राजकुमार जोशी थारु सलीमा पौराका सञ्चालक गोविन्द मुखिया, गयिका समिक्षा चौधरी लगायतको सयौँ संख्यामा उपस्थित रहेको थियो। सो कार्यक्रम सञ्चालन अनिल कुशमी ले गरेका थिए।
