१९ बैशाख २०८३, शनिबार
सशस्त्र प्रहरी बल नेपाल नं. 7 बैद्यनाथ वाहिनीको “२३ औं स्थापना दिवस” सम्पन्न
शुक्रबार, चैत्र २३ ०९:२९

सशस्त्र प्रहरी बल नेपाल नं. 7 बैद्यनाथ वाहिनीको “२३ औं स्थापना दिवस” सम्पन्न


चैत २२,कैलाली सशस्त्र प्रहरी बल, नेपाल नं. 7 बैद्यनाथ वाहिनी मुख्यालय अत्तरीया कैलालीको “२३ औं स्थापना दिवस” सशस्त्र प्रहरी बल, नेपाल मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम ज्यूको प्रमुख आतिथ्यतामा मिति २०८० चैत्र २२ गते सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका पृतनापति, मन्त्रालयका सचिव ज्युहरू, स्थानिय तहका प्रमुखहरू, कैलाली तथा कन्चनपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अमर सप्रक, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्रमचारीहरू, भद्रभलाद्मी तथा बुद्दिजिविहरूको समेत उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा बृक्षारोपण, रक्तदान, धार्मिक स्थलहरुको सरसफाई, आन्तरिक रुपमा विभिन्न खेलकुद र हाजिरी जवाफ प्रतियोगिता, नेपाली सेना र नेपाली प्रहरीका अधिकृत सम्मिलित मैत्रीपुर्ण फुटबल प्रतियोगिता, शारिरीक सहिष्णुता प्रतियोगिता परिक्षा तथा अधिकृतस्तरको डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो।उक्त अवसरमा समाजसेवी तथा बुद्धिजिवीहरुलाई कदर पत्र सहित स-सम्मान गरी वाहिनीबाट भएको निरीक्षण तथा अनुगमनको क्रममा उत्कृष्ट हुने नं ३४ गण हे.क्वा. कैलाली, गुल्म हे.क्वा. डडेल्धुरा, सुरक्षा वेश मजगाँव तथा वि.ओ.पि. जुगेडालाई प्रशंशा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्थापना दिवसको अवसर पारेर वाहिनी मुख्यालयमा आन्तरीक रुपमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै बाहिनीको काम कारवाहीमा वर्षभरी उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

Sharing is caring!

Latest News

भोलि धनगढीको एस.पि.ए कलेजमा निःशुल्क सिनेमा साक्षरता कार्यक्रम हुने
शुक्रबार, चैत्र २३ ०९:२९
अस्कर ईन्टरनेशनल कलेजद्वारा धनगढीमा चलचित्र शाक्षरता कार्यशाला सम्पन्न
शुक्रबार, चैत्र २३ ०९:२९