१० बैशाख २०८३, बिहीबार
आज सौराइ स्क्वायरकामा बृहत नयाँ वर्ष २०८१ सांस्कृतिक कार्यक्रम हुँदै
शुक्रबार, चैत्र ३० १०:४९

आज सौराइ स्क्वायरकामा बृहत नयाँ वर्ष २०८१ सांस्कृतिक कार्यक्रम हुँदै

नयाँ २०८१ वर्षको स्वागतको लागि धनगढीमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी धनगढीमा स्थापना सौराई स्क्वायरकाले नयाँ वर्षको स्वागतको लागि पूर्वसन्ध्यामा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालेको हो
पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको छ। कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विशेष प्रस्तुति राखिने सौराई स्क्वायरकाका प्रमुख उमेश विक्रम शाहले दिए।


नयाँ वर्षको स्वागतको लागि गायक प्रताप दास, लक्ष्मी राना लगायतको जोड प्रस्तुति रहेको छ। साथै स्थानीय कलाकार डीजे ड्रिम एक्सको प्रस्तुति कार्यक्रम समेत रहेको सौराईका सञ्चालक शाहले बताए।
‘नेपाली स्वाद, नेपालीपनको मनैदेखि सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्नको लागि कार्यक्रम गर्दै आएका छौं’, सञ्चालक शाहले भने, ‘नेपाली चार्डपर्वलाइ विशेष महत्त्व दिएर नेपाली नयाँ वर्षको स्वागतलाई विशेष बनाउन थालेका हुनाले जानकारी दिए। कार्यक्रममा शुल्क लाग्ने उनले जानकारी दिए।

Sharing is caring!

Latest News

कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान
शुक्रबार, चैत्र ३० १०:४९
सत्ता गठबन्धन पुरै कार्यकाल सम्म: प्रधानमन्त्री दाहाल
शुक्रबार, चैत्र ३० १०:४९