९ बैशाख २०८३, बुधबार
जेठ २१ गते नायक पल शाह धनगढी आउँदै ,पुजार सार्की फिल्म दर्शकसँगै हेर्ने
शनिबार, जेष्ठ १९ १०:२५

जेठ २१ गते नायक पल शाह धनगढी आउँदै ,पुजार सार्की फिल्म दर्शकसँगै हेर्ने

धनगढी । नायक पल शाह धनगढी आउने भएका छन । पुजार सार्की फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका नायक शाह सोमबार जेठ २१ गते विहान ८ बजेको शोमा धनगढी आउने भएका हुन ।

पुजार सार्की फिल्म रिलिजको दोस्रो हप्ता आफ्ना दर्शकलाई भेट्न धनगढी आउन लागेको शाहले बताएका छन । सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै शाहले आफू र पुजार सार्की टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेको जानकारी गराएका छन ।

त्यस्तै फिल्म रिलिजको पहिलो हप्ता दर्शकलाई भेट्न काठमाडौं र जपानको टोकियोस्थित विभिन्न फिल्म हलमा पुगेका शाहले फिल्म रिलिजको दोस्रो हप्तासम्म पनि दर्शकमा त्यही उत्साह पाएको बताएका छन ।

यता पल शाह धनगढी आउने भन्ने खबरले सोमबार पुजार सार्कीु फिल्मका लागि टिकट बुकिङ्ग गर्नेहरु बढेको एसटिएस सिनेमा हलका म्यानेजर योगेन्द्र नायकले बताएका छन । सोमबारका लागि अग्रिम टिकट बुकिङ्गको समेत सुविधा भएको भन्दै उनले बेलैमा आफ्नो सिट सुरक्षित राख्न पनि आग्रह गरेका छन ।

Sharing is caring!

Latest News

धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने
शनिबार, जेष्ठ १९ १०:२५
नक्सापास प्रक्रिया र बिद्युतिय नक्सापास प्रणाली सम्बन्धी धनगढीमा छलफल कार्यशाला गोष्ठी गरिएको छ ।
शनिबार, जेष्ठ १९ १०:२५