बाल कलाकारबाट अभिनय गरेका ग मेगास्टार चौधरी राष्ट्रिय बाल चलचित्र महोत्सवमा सम्मानित।
धनगढी असार ७ बाल कलाकारबाट अभिनय सुरु गरेका थारु चलचित्रका मेगास्टार संगत चौधरी राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा भएको उद्घाटन कार्यक्रममा सम्मानित भएका छन्। मेगा स्टार चौधरी राष्ट्रिय थारु कलाकार मञ्चका सुदूरपश्चिम अध्यक्ष हुन्। आफूले यो उमेरमै चलचित्र विकास बोर्डबाट सम्मानित हुन पाउँदा अझै उत्साहित भएको उनले खबरचित्रलाई बताए। मेगा स्टार चौधरीले थुप्रै फिल्महरू र भिडियो म्युजिकमा अभिनय समेत गरेका छन्। यति मात्र नभई उनले नेपाली चलचित्रमा पनि अभिनय गरेका छन्। पहिलोपटक सुदूरपश्चिममा राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदा कलाकारहरूलाई सम्मानित एवं प्रोत्साहन गरेकोमा मेगास्टार चौधरीले धन्यवाद समेत व्यक्त गरेका छन्। शोद्घाटन पश्चात राष्ट्रिय चलचित्र बाल महोत्सवमा बालबालिका चलचित्र प्रदर्शन फोटो प्रदर्शन र बालबालिकासँग भुवन केसी कार्यक्रम सञ्चालनमा रहेको संयोजक केएल बुढाथोकीले बताए
