१८ बैशाख २०८३, शुक्रबार
कैलालीमा विपत जोखिम बढ्दै
बिहीबार, असार १४ २२:०४

कैलालीमा विपत जोखिम बढ्दै

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जिल्लामा आगलागीको जोखिम बढिरहेको बताएका छन् ।

गृह मन्त्रालयको राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहकार्यमा आयोजित मनसुन पूर्व तयारी तथा प्रतिकार्य र आगलागीजन्य विपद् जोखिम न्यूनीकरण सम्बन्धी प्रदेशस्तरीय गोष्ठीमा उनले कैलालीका अधिकांश स्थानमा भएको आगलागी मानवीय लापरबाहीका कारण भएको बताए ।

अन्नबाली भित्राइ सकेपछि खेतमा रहेको भूषामा आगो लगाउँदा त्यहि आगो जङ्गल र बस्तीमा सल्केर ठुलो क्षति हुने गरेको उनको भनाइ थियो ।

‘मनसुनी विपतबारे सबै सचेत भइसकेका छैनन् । किसानहरू अन्नबाली भित्राइ सकेपछि खेतमा रहेको भूषामा आगो लगाउँछन् । त्यहि आगो जङ्गल र बस्तीमा सल्केर बर्सेनि करोडौँको क्षति हुन्छ । तर अचम्मको कुरा अर्को वर्ष पनि किसानले त्यहि गल्ती दोहोर्‍याउन । कतिपयले जङ्गलमा जानी जानी आगो लगाइदिने रहेछन्’ प्रजिअ मिश्रले भने ।

मिश्रले कैलालीमा मनसुनी विपद्बाट हुने मानवीय क्षति सकेसम्म शून्यमा झर्ने प्रयास जारी रहेको बताए । विपद्बाट हुने भौतिक क्षति रोक्न नसके पनि न्यूनीकरण गर्न सकिनेमा जोड दिएका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह सचिव कोमल प्रसाद धमलाले नेपाल विपद्को उच्च जोखिम रहेको देश बताए ।

उनले भने “नेपाल मनसुनी विपद्बाट मात्र होइन अन्य विपद्बाट पनि उच्च जोखिममा रहेको देश हो । हामी भूकम्पबाट पनि उच्च जोखिममा छौ । हिमतालबाट हिमाली क्षेत्रहरू जोखिममा छन् । यस्ता थुप्रै विपद्को हामीले सामना गर्नु पर्ने छ । ” जोखिम न्यूनीकरणकाका लागि साढे ६ अर्ब भन्दा बढि रकम हुँदा पनि त्यसको कार्यान्वयन हुन सकेको प्रति चिन्ता व्यक्त गरेका थिए । धमलाले विपद् जोखिम न्यूनीकरणको सवालमा सुदूरपश्चिम सबै भन्दा राम्रो काम भएको बताए ।

Sharing is caring!

Latest News

एसईईमा मणिलेकका सबै विद्यार्थी पास
बिहीबार, असार १४ २२:०४
मुख्यमन्त्री सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनमा सघाउन तिन दलको सुझाव
बिहीबार, असार १४ २२:०४