१८ बैशाख २०८३, शुक्रबार
भुवन दाहालको स्वरमा रहेको ठाडी भाकाको गीत “हे दैब” सार्वजनिक(भिडियो सहित)
मंगलवार, श्रावण १५ २१:४१

भुवन दाहालको स्वरमा रहेको ठाडी भाकाको गीत “हे दैब” सार्वजनिक(भिडियो सहित)

देउडा गायक भुवन दाहालको स्वरमा रहेको ठाडी भाकाको गीत “हे दैब” सार्वजनिक भएको छ। साउन १५ गते खिर कार्यक्रमको अवसर पारेर एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्‍याउने गर्छ ।

विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका अवस्था यस गीतमा दर्सइएको छ। । यसै आधारलाई कथा बनाई बाढी पहिरोबाट हुने क्षतिबारे सन्देश दिन खोजिएको छ निर्देशक सुरेन्द्र संगम डोटेल बड्डोले बताए।

भुवन दाहालको आवाजमा रहेको गीत शब्द म्युजिक जगत धामीले दिएका छन्। अभिनय पत्रकार विवेक नागरि प्रिज्मा ठकुराटीले अभिनय गरेका छन्। राजेश अनरागीको क्यामेरा तथा अमित बिकको सम्पादन रहेको छ। उक्त गीतलाई बाह्रदियो म्युजिकको युटुबच्यानलबाट सार्वजनिक गरिएको हो

video

Sharing is caring!

Latest News

श्री जन जागृती आधारभूत विद्यालयमा वृक्षारोपण
मंगलवार, श्रावण १५ २१:४१
सुदूरपश्चिमका कलाकार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
मंगलवार, श्रावण १५ २१:४१