१८ बैशाख २०८३, शुक्रबार
जनजागृति आधारभूत विद्यालयमा निःशुल्क दाँत शिविर सम्पन्न
सोमबार, श्रावण २१ २१:२०

जनजागृति आधारभूत विद्यालयमा निःशुल्क दाँत शिविर सम्पन्न


श्रावण २१ धनगढी , जन जागृती आधारभूत विद्यालय धनगढी – १५, कनरीले विद्यालयको आयोजनामा धनगढी उपमहानगरपालिका वडा न. १५ का वडाअध्यक्ष सुखदेव राना प्रमुख आतिथ्यता निःशुल्क दाँत शिविर कार्यक्रम सम्पन्न भएको छ। उक्त शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षा प्रेमी, सामाजसेवी, बुद्धिजिबी, पूर्व अध्यक्ष र भलमान्साको सहभागीता रहि १५४ जनाले दाँत परीक्षण गराउनु भएको छ ।

उक्त शिविरमा प्राविधिक सहयोग हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा.लि धनगढीले र औषधी सहरी विकास स्वास्थ्य केन्द्र उर्माले उपलब्ध गराइ सहयोग गरेको छ। शिविरले सम्पूर्ण व्यवस्थापन तथा संयोजन त्यसै विद्यालयका शिक्षक तथा सूचना अधिकारी लक्ष्मण टमटाले गर्नुभएको थियो ।

Sharing is caring!

Latest News

सुदूरपश्चिमका कलाकार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
सोमबार, श्रावण २१ २१:२०
डोटेली चलचित्र ‘परु’को शुभ मुहूर्त
सोमबार, श्रावण २१ २१:२०