६ माघ २०८१, आईतवार
श्री जन जागृती आधारभूतमा‘विद्यार्थीसँग ट्राफिक प्रहरी’
शुक्रबार, भाद्र १४ २१:२३

श्री जन जागृती आधारभूतमा‘विद्यार्थीसँग ट्राफिक प्रहरी’

 जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । धनगढी -१५ कनरी श्री जन जागृती आधारभूत विद्यालयको आयोजनामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । जिल्लामा सडक दुर्घटनाका घटना वृद्धि हुन थालेपछि विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख भुवन बिक्रम शाहले बताउनुभयो ।


कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका श्री जन जागृती आधारभुत बिधालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको त्यसै विद्यालयका शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजक तथा सूचना अधिकारी लक्ष्मण टमटाले बताए ।
विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमलगायतका सचेतना प्रशिक्षण दिइएको शाहले बताउनुभयो । सहरी क्षेत्रका व्यस्त सडक र ६ लेन सडक पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा छ । 


कार्यक्रममा विद्यार्थीलाई सवारीसाधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियम पालना गर्नुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपर्ने लगायतका चेतनामूलक विषयको प्रशिक्षण दिइएको र परिवार र समुदायमा पनि सचेतना जगाउन अनुरोध गरिएको प्रहरीले जनाएको छ । 
विद्यालयको शुक्रवारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको लागि ट्राफिक नियम सम्बन्धि प्रशिक्षण तथा जन चेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

Sharing is caring!

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश (डीसी) नियुक्त
शुक्रबार, भाद्र १४ २१:२३
राजमार्गमा वन्यजन्तु मैत्री संरचनाको माग
शुक्रबार, भाद्र १४ २१:२३