मंगलवार, भाद्र २५ १९:०६
धनगढीमा असोज ३ गतेदेखि सांस्कृतिक महोत्सव
धनगढी, २५ भदौ / धनगढीमा असोज ३ गतेदेखि सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको आयोजना उक्त महोत्सव आयोजना हुने भएको हो ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सव आयोजना हुने राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिङले बताए ।
असोज ३ गतेदेखि ८ गतेसम्म धनगढीको खुला मञ्चमा आयाजित महोत्सवमा ख्याति प्राप्त कलाकारकारको उल्लेख्य उपस्थिति रहने छ । महोत्सव राष्ट्रिय संगीत कर्मी गोपाल सुचिकारका छोराको उपचारमा केही हद सम्म भए पनि सहयोग गर्नको लागि उक्त महोत्सवको आयोजना गरिएको आयोजकले बताएका छन् ।
महोत्सवमा प्रवेशका लागि एक सय टिकट मूल्य तोकिएको छ भने विद्यार्थीलाई ५० रुपैयाँ लाग्ने बताए ।