१७ बैशाख २०८३, बिहीबार
फागुन १६ गतेदेखि १८ गतेसम्म  जनकपुरधाममा अन्तर्राष्ट्रिय सिनेमा महोत्सव आयोजना हुने
बुधबार, माघ २३ १५:३८

फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरधाममा अन्तर्राष्ट्रिय सिनेमा महोत्सव आयोजना हुने

आगामी फागुन १६ गतेदेखि १८ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय सिनेमा महोत्सव आयोजना हुने भएको छ । संवाद फाउन्डेसनले तीन दिन जनकपुरमा महोत्सव गर्न लागेको हो । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच महोत्सवको बारेमा जानकारी गराइयो । महोत्सवमा अहिलेसम्म ११४ बढी देशका सिनेमाहरुले आवेदन दिइसकेको जनाइएको छ ।

संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै सिनेमा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी दिए । नेपालको पर्यटन प्रवर्द्धनमा महोत्सवले समेत मद्दत पुग्ने उनको विश्वास छ । उनी सिनेमा ‘कौसीद’का निर्देशक समेत हुन् ।

केही दिनमा महोत्सवमा प्रदर्शन हुने सिनेमाको लाइनअप सार्वजनिक गरिने आयोजक संस्थाका प्रमुख भास्करले बताए । महोत्सवमा सिनेमा प्रदर्शनसहित कार्यशाला तथा मास्टर क्लासहरु पनि राखिनेछ । जनकपुरको मैथिली भवनमा हुन लागेको महोत्सवमा इन्टरनेशनल पानोरामा, नेपाली पानोरामा र स्टूडेन्ट पानोरामा जस्ता श्रेणीमा सिनेमा प्रदर्शन हुने जनाइएको छ ।

अभिनेत्री रेखा थापाले कलाको जननी मिथिला सभ्यता भएकाले त्यो महत्त्वलाई महोत्सवले अझ उजागर गर्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली र मिथिला सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन महोत्सवले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनले यस्ता महोत्सवलाई अरु क्षेत्रको बजेट कटौती गरेर पनि सहयोग गर्ने बताए ।

Sharing is caring!

Latest News

धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला आयोजना हुने
बुधबार, माघ २३ १५:३८
चैतन्य पाठशालाद्वारा राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई सम्मान
बुधबार, माघ २३ १५:३८