नेपाल यातायात मजदुर सङ्घको राष्ट्रिय परिषद् समारोहमा कैलाली सम्मानित
धनगढी ,नेपाल यातायात मजदुर सङ्घको राष्ट्रिय परिषद् समारोहमा कैलालीका अध्यक्ष जङ्ग बहादुर श्रीमाललाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ।काठमाडौँस्थित बागबजारमा शुक्रबार भएको राष्ट्रिय परिषद् समारोहमा नेपाल यातायात मजदुर संघका सम्पूर्ण जिल्लाहरू मध्ये अत्यन्तै क्रियाशील रहि संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोले कैलाली जिल्ला कार्य समिति, परिवारलाई नेपाल यातायात मजदुर संघ राष्ट्रिय समितिको तर्फबाट ‘राष्ट्रिय परिषद २०८१ मा कदर स्वरूप सम्मान पत्र प्रदान गरिएको छ ।
केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीको सभापतिमा भएको समारोहमा कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका भुतपूर्व अध्यक्ष लक्ष्मण बहादुर बस्नेत ज्यूकाे प्रमुख आतिथ्यता, विशिष्ट अतिथि ट्रेड युनियन कांग्रेसका महासचिव अजय राई लगायतको सहभागितामा भव्यरुपमा राष्ट्रिय परिषद् समारोह कार्यक्रम सम्पन्न भएको हो।
आफ्नो जिल्ला उत्कृष्ट सम्मान प्राप्त पश्चात् नेपाल मजदुर सङ्घका अध्यक्ष जङ्ग बहादुर श्रीमालले आफ्ना कार्यसमिति, सुप प्रदेश कार्यसमिति र केन्द्र लगायत साथ सपोर्ट सहयोग हुने गर्ने प्रति हार्दिक आभार व्यक्त गरेका छन्। त्यस्तै नेपाल मजदुर सङ्घका केन्द्रीय सदस्य नवीन रावलले संगठन विस्तार र मजदुरका लागि काम गरेकाले कैलाली उत्कृष्ट भएर सम्मानित भएको उनले बताए।
