३ बैशाख २०८३, बिहीबार
सौराई नारी सम्मान कार्यक्रममा कलाकार सुशिला कार्की सम्मानित
बुधबार, फाल्गुन २८ १७:२०

सौराई नारी सम्मान कार्यक्रममा कलाकार सुशिला कार्की सम्मानित

मोडल तथा कलाकार सुशीला कार्की सम्मानित भएकी छिन् । सौराई स्क्वायरले आयोजना गरेको ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सौराई नारी सम्मान २०८१ मा मोडल तथा कलाकार सुशीला कार्की लगायत ६ जना नारी सम्मानित कार्यक्रममा सम्मान गरिएको हो। कलाकार सुशीला कार्कीले एक दशकभन्दा बढी कलाकारिता क्षेत्रमा योगदान दिएको भन्दै नारी सम्मानमा कलाकारिता क्षेत्रमा सम्मान गरिएको हो।

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका ६ जना महिलाहरु माननीय राज्यमन्त्री सरस्वती खड्का ज्युको प्रमुख आथित्यमा “सौराई नारी सम्मान २०८१” पुरस्कारबाट सम्मानित हुनु हुने स्वास्थ सुलोचना अधिकारि शिक्षा शान्ति भट्ट पत्रकार शारदा फुलारा समाजसेवा लक्ष्मी कुमारी बोगटी ब्यवसायी निर्मला सिंह कला संस्कृती सुशीला कार्की सम्मानित सबैलाइ हार्दिक बधाई तथा शुभकामना आगामी दिनमा हौसला प्रदान होस् भनी सौराई का सञ्चालक उमेश शाहले बताए। नारी सम्मान कार्यक्रम तेस्रो संस्करण हो।

Sharing is caring!

Latest News

धनगढीको पार्क मोडमा होली उत्सव हुँदै
बुधबार, फाल्गुन २८ १७:२०
रानाथारु समाजको होरी मिलन
बुधबार, फाल्गुन २८ १७:२०