२३ फाल्गुन २०८२, शनिबार
स्वस्तिक अस्पतालले सेवा विस्तार गर्यो।
आईतवार, चैत्र २३ १२:२५

स्वस्तिक अस्पतालले सेवा विस्तार गर्यो।

धनगढी । कैलालीको धनगढीमा रहेको स्वस्तिक अस्पतालले सेवा विस्तार गरेको छ । नयाँ व्यवस्थापनसहित अस्पताल एक सय शय्यामा विस्तार गरिएको हो । धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको उक्त अस्पताल यसअघि १५ शय्यामा सञ्चालनमा रहेको थियो । 

अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै सेवा विस्तारबारे जानकारी दिएको हो । अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले अस्पतालले शय्यासंगै आधुनिक उपकरणसमेत थपेको जानकारी दिए । अस्पतालमा २४ घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजीसेवा, नाक, कान, घाटी रोग विशेपज्ञ सेवा, डेन्टल केयर सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउण्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सेवा, युरो सर्जरीसेवा, न्युरो सर्जरी मेवा उपलब्ध रहेको अध्यक्ष तिवारीले बताए । ‘अस्पतालमा उच्चस्तरीय प्रविधि जडित शल्यक्रिया कक्ष, आइसियूू, एनआइसियू तथा प्रसूति कक्षको व्यवस्था छ,’ उनले भने, ‘अस्पतालमा पूर्णकालीन र आशिक गरी चिकित्सकीय जनशक्ति २४ सै घण्टा उपलब्ध गराएका छौं ।’

अस्पतालमा सुदूरपश्चिम प्रदेशमै पहिलो मोडुलर ओटी रहेको उनले बताए । निसन्तान दम्पतीमा लागि अस्पतालले विगतमा आइभिएफ शिविर सञ्चालन गरेकोमा अब पूर्णकालीन आइभिएफ केन्द्र सञ्चालन गर्न लागिएको अध्यक्ष तिवारीले बताए । 

अध्यक्ष तिवारीका अनुसार आगामी शैक्षिक सत्रदेखि नर्सिङ कलेज सञ्चालनको तयारी पनि भइरहेको बताए । 
 

Sharing is caring!

खलनायक तेजा ऐरको निधन
आईतवार, चैत्र २३ १२:२५
स्वबियु (के.एम.सी) निर्वाचन सभापतिमा नेबिसघंका तर्फबाट सन्तोष पन्त,घोषणापत्र सार्वजनिक
आईतवार, चैत्र २३ १२:२५