स्वास्थ्यमा विषेश ध्यान दिनुपर्नेमा मन्त्री खड्काको जोड
धनगढी :
प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कैलालीको आयोजनामा आइतबार धनगढीमा एक स्वास्थ्य तथा प्रतिजैवी प्रतिरोध सम्बन्धी एकदिने प्रदेशसभा सदस्य तथा सरोकारवालाहरूसँगको अभिमुखीकरण तथा योजना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहेको थिए । उनले एक स्वास्थ्य रणनीति बनाउन सकेमा आगामि दिनमा आउने चुुनौतीहरुलाई सामाना गर्न सकीन्ने भएकाले समन्वय र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।उनले मानिसको स्वास्थ्य सुधार भएर मात्रै नहुने भएकाले वातावरण र पुशपन्छीको स्वाथ्यमा पनि त्यतिकै ध्यानदिनुपर्ने उल्लेख गरे ।
उनले बर्डफ्लु र स्वाइन फ्लुबाट पनि जोगिनुपर्नेमा जोड दिए । यसका साथै औषधिको सही सदुपयोग गर्न नसकेका कारणले पनि विभिन्न प्रकारका रोगहरु आइरहेको उनको भनाई थियो ।यस्तै कार्यक्रमको विशिष्ट अतिथि रहेकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले ७० प्रतिशत रोग पशुपञ्छीका कारण नै आएको सुन्नमा आएको हुँदा सबै सचेत बन्ने वेला भएको बताईन् ।त्यस्तै गरी स्वास्थ्य तालिम केन्द्र धनगढीका महानिर्देशक नरेन्द्रसिंह कार्कीले हरेक नागरिकले आफ्नो स्वास्थ्यलाई सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने बताए ।
प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका कार्यालय प्रमुख हेमराज खड्काले मानव स्वास्थ्यका साथै वातावरणीय स्वास्थ्यकाबारेमा सबैले चनाखो हुनुपर्ने बेला आएको बताए । उनले अहिले हरेक खानेकुराहरुमा केमिकल मिसिएको हुने हुँदा पनि स्वास्थ्यमा विषेश ध्यानदिनुपर्नेमा उनको जोड दिए । आफुले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको उनको भनाई रहेको थियो ।सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीको अध्यक्षतामा भएको हो । कार्यक्रममा मानव स्वास्थसँगै स्वास्थ्य तथा प्रतिजैवी प्रतिरोधीका बारेमा विश्व स्वास्थ्य सङ्गठनका फिल्ड मेडिकल अफिसर डा. सुजन अधिकारीले आफ्नो प्रस्तुतिकरण राखेका थिए । उनले बिरामीहरुले पूरा डोज औषधि नखाने गरेको बताए । यस्तै वरिष्ठ पशु चिकित्सक डा. नरेशप्रसाद जोशीले पसुपछी तथा जनावरसँग सम्बन्धित रोगबारे प्रकाश पारेका थिए । जनावरसँग सम्बन्धित रोगको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीमा विषेश ध्यानदिनुपर्ने उनको भनाइ छ । कार्यालयले गरिरहेका प्रयासका बारेमा पनि उनले उल्लेख गरेका थिए ।
यस्तै गरी, कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख खगेन्द्र वम, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाह लगायतले शुभकामना व्यक्त गरेका थिए । सहभागिहरुले कार्यक्रममा छलफलमा भाग लिदैँ एक स्वास्थ्यमा सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएका थिए ।कार्यक्रममा प्रदेशसभा सदस्य, पूर्व प्रदेशसभा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिका साथै पत्रकारहरूको सहभागी रहेको थियो ।
