१७ बैशाख २०८३, बिहीबार
साहारा होटल म्यानेजमेन्टले धनगढीले  विद्यार्थीहरुलाई निःशुल्क वार टेंडर, बरिष्टा र बेकरी तालिम दिने
शुक्रबार, बैशाख २६ १०:५९

साहारा होटल म्यानेजमेन्टले धनगढीले विद्यार्थीहरुलाई निःशुल्क वार टेंडर, बरिष्टा र बेकरी तालिम दिने

धनगढी, २६ वैशाख/धनगढीमा रहेको साहारा होटल म्यानेजमेन्टले यो वर्षदेखि थप सेवा बिस्तार गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको साहारा होटल म्यानेजमेन्टले यो वर्षदेखि नयाँ भर्ना हुने विद्यार्थीहरुलाई निःशुल्क वार टेंडर, बरिष्टा र बेकरी तालिम दिने जनाएको छ । विगत ७ वर्षदेखि सञ्चालित साहारा होटल म्यानेजमेन्टले आफ्नै सुविधा सम्पन्न बार र किचेनमा १२ महिने र १८ महिने कोर्ष अध्ययन गर्ने विद्यार्थीहरुलाई निशुल्क वार टेंडर, बरिष्टा र बेकरी तालिम दिने प्रवन्ध निर्देशक कमलराज पनेरुले बताउनुभयो ।

यहाँ अध्ययन गरेका १५० विद्यार्थीहरुलाई विश्वका तमाम देशमा रोजगारमा पठाउन सफल भएको प्रवन्ध निर्देशक कमलराज पनेरुको दावी छ । धनगढीको चौराहमा लामो समयदेखि सञ्चालनमा रहेको सौराई होटेलका सञ्चालक समेत रहनुभएका साहाराका प्रवन्ध निर्देशक कमलराज पनेरुले साहारा होटल म्यानेजमेन्टको सुदूरपश्चिम प्रदेशमा एक मात्र आफ्नै होटेल समेत रहेको दावी गर्नुभयो । ‘घरेलु पारिवारीक वातावरणमा अध्ययन गराउने साहारामा अध्ययनरत विद्यार्थीहरु होटल सोराइमा पार्ट टाइम जबसंगै पढाइ गरिरहेका छन्’ पनेरुले भन्नुभयो, ‘होटल व्यवस्थापन, फेसन डिजाइनिङ्ग, ब्यूटी पार्लर, डिएचएम र एडिएचम पढाउदै आएका छौं । हामीले रोजगारी र इन्टर्नशिपका लागि कुवेत, कतार, माल्दिभ्स, दुबई, चीन, मलेशिया, थाइल्याण्ड, भारत पठाउने गरेका छौं । यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरुले नेपालका बिभिन्न ठाउँमा आ–आफ्नै राम्रो क्याफे समेत सञ्चालन गरिरहेका छन् ।’

Sharing is caring!

Latest News

महानायक हमालको कमब्याक,फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
शुक्रबार, बैशाख २६ १०:५९
अनलाइन टिभी पत्रकार सङ्घको सुदूरपश्चिम अध्यक्षमा जोशी निर्वाचित
शुक्रबार, बैशाख २६ १०:५९