२१ कार्तिक २०८२, शुक्रबार
डोटीमा मदन भण्डारीको जन्मजयन्ती मनाइयो, वृक्षारोपण र माल्यार्पण गरिँदै वातावरण संरक्षणको
आईतवार, असार १५ ००:२५

डोटीमा मदन भण्डारीको जन्मजयन्ती मनाइयो, वृक्षारोपण र माल्यार्पण गरिँदै वातावरण संरक्षणको

डोटी — जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा नेकपा (एमाले) जोरायल गाउँपालिका कमिटी, डोटीले शनिबार बिशेष कार्यक्रमको आयोजना गरेको छ।

जोरायल गाउँपालिका–२ स्थित बुडरमा सम्पन्न कार्यक्रममा भण्डारीको तस्वीरमा माल्यार्पण गरिनुका साथै वातावरण संरक्षणको सन्देश दिन वृक्षारोपणसमेत गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, वडा नं. २ का वडा अध्यक्ष वीर बहादुर दर्लामी, एमालेका स्थानीय नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाहरूको सक्रिय उपस्थिति थियो।

कमिटी अध्यक्ष चित्र राज भट्टका अनुसार, कार्यक्रममार्फत मदन भण्डारीको विचार, दर्शन र योगदानलाई सम्झनुका साथै वातावरणप्रति जागरुकता फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमका वक्ताहरूले भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई वर्तमान पुस्ताले आत्मसात् गर्दै व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। समाज रूपान्तरणका उनका विचारहरू अझै सान्दर्भिक रहेको उनीहरूको भनाइ थियो।

Sharing is caring!

Latest News

जोरायल गाउँपालिकामा ‘जोरायल आइडल’ सम्पन्न
आईतवार, असार १५ ००:२५
योजनाको गुणस्तर हेर्दै अनुगमनमा कडाइ
आईतवार, असार १५ ००:२५